पोखरामा लागूऔषधसहित २ जना पक्राउ

पाेखरा | जेठ १५, २०८२

पोखरामा लागूऔषधसहित २ जना पक्राउ

पोखरा:  पोखरा महानगरपालिका-५ शान्तिननगरचोकबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


लागूऔषध कारोवार गरिरहेको अवस्थामा लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको हो । 


पर्वतको कुश्मा नगरपालिका-१२ ठुलिपोखरी घर भई पोखरा महानगरपालिका ४ नालाकोमुख बस्ने २६ वर्षीय सिमा दर्जी र २६ वर्षीय आशिष श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रहरीले उनीहरुको साथबाट बुप्रिनर्फिन १ सय ६७ एम्पुल, डाईजापाम १ सय ६८ एम्पुल, फेनरागन १ सय ६६ एम्पुल गरी ५ सय १ एम्पुल लागूऔषध र ३ थान मोबाईल बरामद गरेको छ । 

प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी


पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ६ दिनको म्याद गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्